यहि ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि सत्ता गठबन्धन थाहानगरले पालिकाको मुख्य बजार क्षेत्र वडा नम्बर ३ र ४ को बैठक शिखरकोटमा बसेको छ । बैठकले वडामा निर्वाचन प्रचारप्रसार, मतदाता शिक्षा सहित घरदैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
शंकर होटलमा २३ कात्तिकमा भएको संयुक्त बैठकले गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन र मत बदर हुन नदिन प्रचारप्रसार, मतदाता शिक्षा सहित घरदैलो कार्यक्रम गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जमिन दियालीले जानकारी दिए । गठबन्धन दलका पदाधिकारी सहितको टोलस्तरीय कमिटि बनाई वडा नम्बर ३ र ४ मा प्रचारप्रसार अभियान सञ्चालन गरिने माओवादी थाहानगरका नेता लक्ष्मण बिष्टले बताए ।
बैठकमा गठबन्धन थाहानगर स्तरीय कमिटि र वडा कमिटिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

















































पालिका प्रेस 















प्रतिक्रिया दिनुहोस्