थाहा नगरपालिकाका निवर्तमान नगर प्रमुख लवशेर विष्ट । फोटोः गणेश विष्ट/पालिका प्रेस

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले थाहा नगरपालिकाका पूर्वमेयर लवशेर विष्टलाई उम्मेदवार बनाउने भएको छ।

थाहा नगरपालिका–३ घर्तीखोलाका विष्ट थाहा नगरपालिकाका संस्थापक मेयर हुन्। एमालेले उक्त निर्वाचन क्षेत्रका लागि पूर्व सांसद महेश बर्तौलालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायत अन्य दलहरूले अहिलेसम्म उम्मेदवारको नाम सार्वजनिक गरेका छैनन्। मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा एमालेबाहेक अन्य दलहरूले आफ्ना उम्मेदवारहरूको नाम सार्वजनिक गरेका छैनन्। उम्मेदवार छनोटमै दलहरू व्यस्त छन्।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने छन्।

पालिका प्रेस
थप जानकारी