नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसियल) नेपाल थाहा नगर कमिटिको विस्तारित बैठक २३ कात्तिकमा भएको छ । थाहानगरको विकास घरमा भएको बैठकमा नेकपा माओवादी केन्द्र थाहानगर अध्यक्ष बिनोद कुमार लामाले आफुरहेको वडामा मत बदर नहुनेगरी मतदाता शिक्षा अभियान चलाउन वाईसियल पदाधिकारीहरुलाई निर्देशन दिए ।

अध्यक्ष लामाले ‘वान बुथ ३५ युथ’ खटिन भनेका छन् । निर्वाचनलाई शान्तिपूर्ण ढंगले भय रहित, सभ्य र सफल पार्न आफ्नो ठाउँबाट योगदान दिन वाइसिएललाई लामाले आग्रह गरे । उनले आफ्नो वडाको मत सुरक्षित गरी गठबन्धनका उम्मेद्वारलाई जिताउन प्रचारप्रसार कार्यलाई तिब्रता दिन समेत निर्देशन दिए । वाईसियल नेपाल थाहानगर अध्यक्ष मान सिं दोङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य ज्योती रायमाझी, वाईसियल नेपाल केन्द्रीय सदस्य नबराज थिङ, बागमती प्रदेश कमिटि सदस्य श्याम गोले, निर्वाचन क्षेत्र नम्बर २ ईञ्चार्ज सानेबाबु मोक्तान, थाहानगर ईञ्चार्ज हिरेन्द्रकुमार रायमाझी लगायतको आतिथ्यता थियो ।

वाईसियल नेपाल थाहानगर सचिब युवराज विष्टले कार्यक्रम संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी