मकवानपुरको क्षेत्र नम्बर–१, २ र चार वटै प्रदेशसभाका निर्वाचन क्षेत्रमा कर्मचारीलाई मतदानको दिनमा पठाउने सामाग्री तयार गर्नमा कर्मचारी हिजो आज निकै व्यस्त रहेका छन् । मुख्य निर्वाचन अधिकृतका कार्यालयमा कर्मचारीहरु बिहान देखि राती सम्म प्रत्यक मतदान केन्द्रमा पठाउने मतपत्र प्याक गर्ने, शिल गर्ने लगायतका काममा व्यस्त रहेका छन् ।

यता निर्वाचन कार्यालयमा भने मतदानको दिनमा चाहिने सामाग्रीको तयारी गरिदै छ । निर्वाचनको तयारीका लागि कर्मचारीहरु निरन्तर खटिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए । दुइ दिन देखि भने निर्वाचन आयोगबाट मकवानपुरका लागि छुट्टीएर आएको प्रतक्ष तर्फको मतपत्र प्याक गरेर राख्ने काम भइरहेको छ । अबको केही दिनमा मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाउने भएकाले यसको लागि मतपत्र केन्द्रनै पिच्छे छुट्याएर राख्ने काम भइरहेको हो ।

मकवानपुरका दश वटै स्थानीय तहका मतदान केन्द्रलाई चाहिने मतपत्र आइसकेको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए । निर्वाचनका लागि आवस्यक सामाग्री प्याकिङ हुँदै हुदै गरेको उनले बताए । समानुपातिकको मतपत्र पहिलेनै आएको र प्रतक्ष तर्फको मतपत्र पनि हिजो हेटौंडामा आइपुगेको छ । निर्वाचनका लागि आवस्यक पर्ने विभीन्न थरीका सामाग्रि पनि आइसकेर अहिले जिल्ला निर्वाचन कार्यालयमा प्याकिङको काम भइरहेको उनले बताए । निर्वाचनका लागि प्रत्यक मतदान केन्द्रमा पठाइने मतपत्र र निर्वाचनका लागि आवस्यक बिभीन्न थरीका सामाग्रीहरु कर्मचारीलाई तालिमपछी हस्तान्तरण गरिने निरौलाले बताए ।

निर्वाचनमा सकेसम्म बिभीन्न कार्यालयमा कार्यरत कर्मचारी खटाउने तयारी भएको उनले बताए । कर्मचारीको विवरण केहीदिनमा सबै प्राप्त गरेपछी हरेक मतदान केन्द्रमा खटाउने उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी