सत्ता गठबन्धन दलका उमेदवारहरुले २० कात्तिकमा थाहा नगरपालिकाको विभिन्न वडाहरुमा मतदाता भेटघाट तथा कोणसभा गरेका छन। निर्वाचन परिचालन समिति थाहानगर वडागत समन्वयमा नगरको ११ नम्बर वडाको विभिन्न टोल, महाँङ्काल, नर्बेढुङ्गा, नौखण्डे तथा वडा नम्बर १२ को लितिमा कोणसभा तथा मतदाताहरुसंग साक्षतकार गरेका छन् ।
गठबन्धन दलका उमेदवार विरोध खतिवडा र कुमारी मोक्तान सहभागी भएको कार्यक्रममा जनताको गुनासो सुन्दै उनीहरुले गुनासोको समाधानको प्रतिबद्धता व्यक्त गरेका थिए । स्थानीयहरुले फुलमालासहित उमेद्वारको स्वागत गरेका थिए । उमेदवारद्वय खतिवडा र मोक्तानले जित सुनिश्चित भएको बताउदै निर्धक्क भएर गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्दै गठबन्धनको जित भए विकास निर्माणको काममा आफुहरुबाट हुने आश्वासन दिए । अभियानको क्रममा थाहा ११ नौखण्डे बजारमा गठबन्धन दलको वडा चुनाव प्रचारप्रसार कार्यालयको प्रतिनिधिसभा सदस्य पदका उमेदवार बिरोध खतिवडाले उद्घाटन गरे ।

यसैबीच थाहा नगरपालिकाको मुख्य बजार बज्रवाराहीको सरस्वती बजारमा भएको सभालाई सम्बोधन गर्दै गठबन्धनका उमेदवारहरु विरोध खतिवडा, कुमारी मोक्तान र इन्द्रबहादुर बानियाँले सम्बोधन गरेका छन् । उमेदवारहरुले सहिदका रगतमा कुल्चियर आयकाहरुसंग एकता गरेर एमालेले नेपाली जनतालाई के सन्देश दिन खोजेको बताए । थाहानगरलाई कृषि र पर्यटनसंग जोडेर उत्पादनमुखी बनाउदै लैजान अब बन्ने सरकारले पहल गर्ने बताउदै गठबन्धनको पक्षमा मतदान गर्नै पर्ने विषयहरु सुझाएका थिए । थाहानगरका सबै कार्यक्रमहरु वडागत निर्वाचन परिचालन समितिका संयोजकहरुको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा उमेदवारहरु विरोध खतिवडा, कुमारी मोक्तान, इन्द्रबहादुर बानियाँ, नेकपा माओवादीका प्रदेश सदस्य लवशेर बिष्ट, इन्द्रबहादुर श्रेष्ठ, नेकपा माओवादी थाहा इन्चार्ज विष्णु विष्ट ‘आदर्श’,नेपाली काँग्रेस महासमिति सदस्य जयराम लामिछाने, भरत लामा, एकीकृत समाजवादिका केन्द्रिय प्रचार विभाग सदस्य शन्तराम विंडारी, एकीकृत समाजवादिका जिल्ला सचिवालय सदस्य ईश्वरलाल रुम्बा, युवा संघका जिल्ला अध्यक्ष किरणमान बल, नेकपा माओवादी थाहानगर अध्यक्ष विनोद कुमार लामा, नेपाली काँग्रे्रेस नगर सभापति प्रमोदकृष्ण जोशी, एकीकृत समाजवादीका नगर अध्यक्ष सानुकाजी गोपाली, माओवादी नगर सचिव लक्ष्मण विष्टलगायतका उपस्थिति रहेको थियो ।

















































पालिका प्रेस 















प्रतिक्रिया दिनुहोस्