जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्लाका १९ वटा मतदानस्थललाई अति संवेदनशील सूचिमा राखेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित सुरक्षा रणनिति बनाउने क्रममा १९ वटा मतदानस्थललाई अति संवेदनशी सूचिमा राखिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले थप ६० वटा मतदानस्थलहरुलाई संवेदनशील र ८० वटा मतदानस्थलहरुलाई समान्य सूचिमा राखिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले सुरक्षा संवेदनशीताको आधारमा आवस्यक पर्दा नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी परिचालन गरिने जानकारी दिए ।
यस्तै थप सुरक्षा व्यवस्थाका लागी जिल्लामा १ हजार ६ सय ९९ म्यादी परिचालन गरिने पनि प्रजिअ पाण्डेले बताए । आगामी निर्वाचनका लागी मकवानपुरको दुईवटा संघीय र ४ वटा प्रदेश सभा क्षेत्रका लागी एकसय ६७ मतदानस्थल र तीनसय ६४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यसअघि ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुरमा एकसय ६५ वटा मतदानस्थल र तीनसय ५८ वटा मतदान केन्द्र रहेका थिए ।
स्थानीय तह निर्वाचन भन्दा यसपटक मकवानपुरमा ५ हजार ८ सय ९ जना मतदाता थपिएसँगै मतदानस्थल र मतदान केन्द्र थप गरिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्