अक्टोवर १३ तारिख अर्थात विश्व दृष्टि दिवस । यस अवसरमा विश्वभर झै मकवानपुरको थाहा नगरपालिकामा पनि कार्यक्रम गरी मनाइको छ । ‘आँखा लाई माया गरौं, विश्व दृष्टि दिवस मनाऔं’ भन्ने नाराकासाथ यो दिवस मनाइएको छ ।

विश्व दृष्टि दिवसको अवसरमा तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत रहेको सामुदायिक आँखा केन्द्र थाहा नगरपालिकाले पनि एक कार्यक्रमको आयोजना गरेको छ । साथै आँखा उपचार सम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ आँखा केन्द्र परिसरमा अन्तरक्रिया कार्यक्रम मार्फत स्थानीय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, व्यवसायी, संघसस्थाका प्रतिनिधि, सर्वसाधारण तथा विरामीको उपस्थितिमा आँखा स्वास्थ्य सेवाको आवश्यकता तथा महत्ववारे जानकारी गराइएको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्ट, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, अस्पताल निर्माण समितिका सचिव शकुन्तला गोपाली, कोषाध्यक्ष विमल कुमार ढकाल, आँखा केन्द्रकी इन्चार्ज विनी महर्जन लगायतका उपस्तिथि रहेको थियो।

पालिका प्रेस
थप जानकारी