नदीजन्य वस्तुको चोरी, निकासी रोक्न वडा ३ का अध्यक्षले कडा कदम अगाडि बढाएका छन्। नदी, खहरे तथा सामुदायिक वन क्षेत्रमा चोरी निकासी भएको विषयलाई मध्यनजर गर्दै बर्दिबास-३ का वडा अध्यक्ष बिराट विष्टले यथाशक्य रोक्ने जनाएका हुन्। शुक्रबार वडा सदस्यहरूसहित बसेको बैठकले नदीजन्य वस्तुको चोरी, निकासीलाई कडाइ गर्ने निर्णय गरेको अध्यक्ष विष्टले जानकारी दिए।
बर्दिवास-३ मा अहिले पनि ट्याक्टर व्यवसायीहरूले नदीजन्य वस्तु उत्खनन गरी सामुदायिक जंगलमा लुकाएर राखेको पाइएको छ। वडा कार्यालयको उक्त निर्णयलाई सर्वसाधारणहरूले स्वागत गरेका छन्। तर, कार्यान्वयन कतिको प्रभावकारी बन्ला भन्ने प्रश्नको विषय बनेको छ। बर्दिबास-३ मा मात्र अहिले झण्डै दुईदर्जन ट्याक्टर छन्।
उनीहरूको कमाइको मुख्य स्रोत नै नदीजन्य वस्तुको निकासी हो। यदि वडा कार्यालयले उक्त निर्णयलाई कार्यान्वयन गरे धेरै ट्याक्टर व्यवसायीहरूको अवैध निकासीमा कमी आउनेछ।
बर्दिबास-३ को पुछरतिर दिनभरि नै ट्याक्टर व्यवसायीहरू नदीजन्य वस्तुको ओसारपसार गर्ने गरेको पाइएको छ। रातु नदीको ड्यामसम्म पुगेर क्रसर व्यवसायीहरूलेसमेत ट्याक्टर उत्खननमा परिचालन गर्ने गरेको स्थानीयहरू बताउँछन्।
बिहीबार वडा कार्यालयले बर्दिबास-३ मा रहेका १० वटा सामुदायिक बनलाई उक्त निर्णय तत्काल कार्यान्वयन गर्न पत्रसमेत पठाइसकेको वडा कार्यालयले जनाएको छ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्