इलाका प्रहरी कार्यालय पालुङको टोलीले मकवानपुर थाहानगरमा ८ जेठमा बरामद गरिएको ४ सय २२ किलो लागू औषध गाँजा डेढमहिना पछि नष्ट गरेको छ ।

पालुङ प्रहरीले २१ असारमा इलाका प्रहरी कार्यालय नजिक खोलाकिनारमा थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझी, स्थानीय र सञ्चारकर्मीको रोहवरमा सो गाँजा जलाएको हो । प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा गएको प्रहरी टोलीले जेठ ८ गते राती थाहा नगरपालिका ३ घर्तिखोलामा रोकिराखेको ना ६ ख ३२४३ नम्बरको मिनी ट्रकमा सो परिमाणमा गाँजा बरामद गरेको थियो ।

ट्रकमा कोहि पनि नभएको अवस्थामा २८ पोका गाँजा फेला पारेका थिए । अनुसन्धानका क्रममा सो गाँजा कसले ल्याएका हुन् भन्ने एकिन भइसकेको छैन । हालसम्म ट्रक धनी समेत प्रहरीको सम्पर्कमा आइनसकेको प्रहरी निरीक्षक खनालले बताए । खनालले भने–‘मुद्दा अनुसन्धानको क्रममा छ ।’

पालिका प्रेस
थप जानकारी