थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले सरकारको तीन खम्बे अर्थनीतिको बलियो खम्बा सहकारी भएकोले थाहानगरमा संचालित सहकारीहरुको क्षमता अभिवृद्धि विकास गर्न नगरपालिका सदैव तत्पर रहेको बताएका छन् । सहकारीहरुलाई एउटै प्रणालीमा आवद्ध गराई रिपोटिङ र व्यवस्थापनमा सहजकता पु¥याउन आयोजना गरिएको दुईदिने कोपोमिस तालिमको समापनको अवसरमा १८ असारमा उपप्रमुख गोपालीले यस्तो बताएका हुन् । उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न अनुरोध समेत गरे ।

कार्यक्रममा थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले नयाँ प्रविधिमैत्री हुन सके सहकारी संस्थाहरुको काम कारबाहीमा एकरुपता आउने र नियमनमा सहज हुने बताए । उनले थाहानगरका सबै सहकारी स.स्थामा कोपोमिस प्रणाली संचालन गर्न अनुरोध गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

थाहा नगरपालिकाको अधिकार क्षेत्र भित्र परेका सहकारी संस्थाहरुको प्रभावकारी नियमन तथा प्रवद्र्धन गर्ने तथा आधारभुत तथ्यांकहरु व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले तालिमको आयोजना गरिएको थाहा नगरपालिका सहकार िशाखा प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । प्रणाली मार्फत सबै सहकारी संस्थाहरुको दर्ता, मासिक तथा वार्षिक प्रतिवेदन, निर्वाचन, विनियम सशोधन, कार्यक्षेत्र विस्तार, नयाँ सूचना तथा परीपत्रहरु लगायतका कामहरु गर्न सकिने बताए । उनले यि कामहरु अब थाहानगरमा प्रणाली मार्फत नै हुने जानकारी गराए ।

थाहा नगरपालिकाको नयाँ गाउँमा रहेको साहारा रिसोर्टमा भएको तालिमका सहजकर्ताहरुलाई प्रशिक्षक सगुन ध्वाख्वाले सहजीकरण गरेका थिए भने सहकारीको आधारभूत सवाल र राजश्वका विषयमा थाहा नगरपालिकाका लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगरले सहजीकरण गरेका थिए ।

थाहा नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपालीको सभाध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, नगरका लेखा अधिकृत हरी बहादुर खपाङ्गी, सहकारी शाखा प्रमुख उमेश श्रेष्ठ, सुचना शाखा प्रमुख सुरज कुमार भुजेल, एमआइएस अपरेटर रुपक कार्की, पत्रकार शम्भु अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी