फोटो गुगलबाट

मकवानपुर थाहा नगरपालिकाले एक जना महिला स्वास्थ्य सवयंसेविकाहरुका लागि वार्षिक १८ हजार रुपियाँका दरले प्रोत्साहन गर्दै आएको छ । पालिकाको आफ्नै स्रोतबाट उनीहरुका लागि मासिक बैठक भत्ता शीर्षकबाट दिने गरी बजेट व्यवस्था गरेको नगरले जनाएको छ ।

‘मासिक बैठकमा स्वयंसेविकाहरु रिपोर्टसहित उपस्थित हुन्छन्, त्यही बैठकको भत्ता भनेर हामीले सुविधा दिने गरेका हौं’–थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले भने । पालिकाले उनीहरुका लागि सञ्चार खर्च भनेर वार्षिक थप २ हजार ५ सय रुपियाँ समेत दिने गरेको बलामीले जानकारी दिए ।

पालिकाले आफ्नै स्रोतबाट समेत स्वयंसेविकाहरुलाई प्रोत्साहन गरिरहेकोमा संघीय सरकारले भने वार्षिक ६ हजार रुपियाँ यातायात खर्च भनेर दिने सुविधालाई चालु आर्थिक वर्षबाट बल्ल १२ हजार पु¥याएको छ । १९ वैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै स्वयंसेविकाको यातायात खर्च १२ हजार पु¥याएको जानकारी दिएको हो ।

महिला सवास्थ्य स्वयंसेविकाहरुले वार्षिक पोशाक वापत १० हजारका दरले रकम पाउँछन् । थाहा नगरपालिकामा अहिले ५४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन् ।

पालिका प्रेस
थप जानकारी