मकवानपुर  बकैया गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बकैया गाउँपालिकालाई कृषि तथा पशुपालनको माध्यमबाट समृद्ध बनाउने बताएका छन् ।

खबरब्रेकसँग कुरा गर्दै अध्यक्ष लामिछानेले मासिक ४० हजार लिटर दुध उत्पादन हुने गरि गाई तथा भैसी पालनको क्षेत्रमा काम गरे बकैयाको आर्थिक समृद्धि छिट्टै हुने दाबी गरे । उनले उन्नत जातको घास उत्पादनको लागि किसानहरुलाई सहुलियत दिने समेत बताए ।

विदेशमा कृषि फर्ममा काम गरेर आएका नागरिकहरुलाई बकैयामा आएर कृषि पेशामा संलग्न हुनचाहे गाउँपालिकाले सहयोग गर्ने उनको भनाई रहेको छ । बकैयाको हरेक वडाबाट गाउँपालिकासम्म आउनको लागि सुविधासम्पन्न सडकहरु निर्माण गर्ने आफुहरुको योजना रहेको भन्दै यस अघि गाउँपालिकाले सारेको महत्वपूर्ण योजनाहरुलाई निरन्तरता दिने बताए ।
बकैयामा सबैभन्दा ठुलो समस्याको रुपमा रहेको सुकुम्वासी समस्या समाधान गर्न आफुहरुले लागि पर्ने उनको भनाई रहेको छ ।

पालिका प्रेस
थप जानकारी