वि.सं. २०७४ सालको फाइल फोटो ।

निर्वाचन आयोगले हरेक स्थानीय तहमा एकजना निर्वाचन अधिकृत खटाएको हुन्छ । मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा निर्वाचन अधिकृतको काम समेत गर्छन् । निर्वाचन अधिकृतले स्थानीय तहको निर्वाचनका साथै गाउँ/नगर कार्यपालिकाको महिला, दलित र अल्पसंख्यक सदस्यको निर्वाचनको अधिकृतको रुपमा समेत काम गर्नेछन् ।

निर्वाचन अधिकृतको मुख्य काम गाउँ तथा नगरपालिकामा स्वच्छ, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन गराउनु हो । निर्वाचन अधिकृतले आफ्नो कार्यालय र स्थानीय तहमा निर्वाचन कार्यक्रम प्रकाशित गर्नेछन् भने त्यसै अनुसार मनोनयन दर्तादेखि निर्वाचनको नतिजा समेत घोषणा गर्नेछन् । मतदान केन्द्रको व्यवस्थापनदेखि मतगणनाको व्यवस्थापनका काम समेत निर्वाचन अधिकृतको हो ।

मतदान केन्द्रको अनुगमन, निरीक्षण लगायत मतगणना गर्न तोकिएको स्थानमा मतपेटिका संकलन गर्ने व्यवस्था मिलाउने र मतपेटिका बुझी सुरक्षितसाथ राख्ने काम समेत निर्वाचन अधिकृतको हो । यसपटकदेखि निर्वाचन आचारसंहिता पालना गर्ने गराउने भूमिका समेत निर्वाचन अधिकृतलाई तोकिएको छ । निर्वाचन गराउनका लागि निर्वाचन अधिकृतले सहायक निर्वाचन अधिकृत लगायतका कर्मचारी नियुक्त गर्छन् ।

पालिका प्रेस
थप जानकारी