मकवानपुर थाहा नगरपालिका पशु विकास शाखाको आयोजनामा टिष्टुङमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
पालिकाको वडा नम्बर ११ माथिल्लो महांकाल स्कूल नजिकैको चौरमा २३ फागुनमा शिविर हुने भेटेरीनरी अधिकृत राघवेन्द्र मिश्रले जानकारी दिए ।
शिविरमा विरामी भएको पशुपंक्षी तथा विभिन्न लक्षण देखिएका पशु वस्तुको उपचार र प्राविधिक सहयोग हुने मिश्रले जानकारी दिए । शिविर विहान ९ देखि दिउँसो २ बजेसम्म संचालन हुने पशु स्वास्थ्य प्राविधिक मनिषा कटुवाली मगरले जानकारी दिइन् ।
सूचनाः
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्