मकवानपुर थाहानगरका तीन वटा सहकारीले शिखरकोटमा संयुक्त दीप प्रज्वलन गरेर सहकारी दिवस मनाएका छन् । ६५ औं सहकारी दिपवसको अवसरमा २० चैत साँझ चेतनशील महिला बचत तथा ऋण सहकारी स.स्थाको कार्यालय शिखरकोट प्राङ्गणमा दीप प्रज्वलन गरिएको हो ।

चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लि, कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्था र शिखर बचत तथा ऋण सहकारी स.सथा लि. संयुक्त रुपमा दीप प्रज्वलन गरेर सहकारी दिवस मनाएका हुन् । चेतनशील महिला बतथ तथा ऋण सहकारी स.स्थाकी अध्यक्ष कबिता विष्टको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक राजन मिश्र, शिखर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सुमन विष्ट, सामी परियोजना थाहा नगरपालिकाकी मेरिना खत्री, बागेश्वरी कृषि सहकारीका व्यवस्थापक मिरा खड्का, प्राथमिक स्वास्थ्य केन्द्रका सह लेखापाल एलिना खत्री, फरक सोचका यादवजंग रायमाझी, प्रेस सेन्टर थाहानगर अध्यक्ष शम्भु अधिकारी, चेतनशील सहकारीकी सकुन्तला गोपालीलगायतकाको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी