मकवानपुर थाहानगरमा रहेकोे पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा २० चैतमा अन्तरक्रिया कार्यक्रम भएको छ । ‘मर्यादित व्यवसाय र प्राविधिमा सहकारी संस्था’ भन्ने मुल नाराकासाथ दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

अन्तरक्रिया कार्यक्रममा थाहानगर भित्र रहेका सहकारी संस्थाहरुका संचालक समितीका सदस्य तथा प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पाथिभरा बचत तथा ऋण सहकारी संस्था फाँटबजारका अध्यक्ष गोकर्ण बरुवाल, बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणीन्द्रनाथ सुवेदी, समृद्ध कृषि सहकारीका अध्यक्ष कल्पना बलामी, दामन कृषि सहकारी संस्थाका रामशरण केसी, चेतनशील महिला बचत तथा ऋण सहकारी अध्यक्ष कविता बिष्टलगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले ६५ औ सहकारी दिवसको अवसरमा शुभकामना दिदै सहकारीले समुदायमा छरिएर रहेको पुँजी र बैंकको पहुँच बाहिर रहेका मानिसहरुलाई आवद्घ गराई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । वि.सं २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापित भएसंगै नेपालमा सहकारी अभियान शुभारम्भ भएको अवसरमा २० चैतलाई सहकारी दिवसको रुपमा मनाइँदै आएको छ ।

थाहानगरका सहकारीहरु एकापसमा सकार्य गर्दै अगाडि बढ्नुपर्ने तथा प्रविधिको उच्चत्तम प्रयोग गरि अगाडि बढ्नुपर्ने वक्ताहरुको भनाइ थियो । कार्यक्रममा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका व्यस्थापक प्रकाश पौडेल, सहव्यवस्थापक रामप्रसाद ढकाल, संचालक समितिका सदस्यहरु तथा नगर भित्र रहेका सहकारी प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रम पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीको सभाध्यक्षतामा भएको थियो ।

पालिका प्रेस
थप जानकारी