मकवानपुर थाहा नगरपालिकामा समेत सेवा केन्द्र स्थापना गरी कारोवार गरिरहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड ९ चैतबाट ८ औं बर्षमा प्रवेश गरेको छ । स्थापनाको यस अवधिमा सहकारीको शेयर पुँजी २ करोड २७ लाख पुगेको संस्थाका अध्यक्ष नवराज विष्टले जानकारी दिए । सहकारीमा आवद्ध शेयर सदस्यको संख्या ३ हजार ५० पुगेको छ ।
ललितपुर महानगरपालिकाको प्रयागपोखरीमा केन्द्रिय कार्यालय रही ललितपुरकै गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवमा पनि सेवा केन्द्र राखेको उक्त सहकारीले १६ करोड ५० लाख ऋण लगानी गर्दा १६ करोड २५ लाख बचत संकलन गरेको संस्थाले जनाएको छ । संस्थाको कुल सम्पत्ती तथा दायित्व २१ करोड ५० लाख रहेको छ । वि.सं. २०७१ सालमा मंगलदीप ६ लाख २५ हजार शेयर पुँजीबाट शुरु भएको संस्था हो ।
संस्थाले आफ्ना सदस्यहरुका लागि नियमित सहकारी शिक्षा र आकर्षक बोनस समेत वितरण गर्दै आएको थाहानगर सेवा केन्द्रका व्यवस्थापक गणेश विष्टले जानकारी दिए । सहकारीले महिला उद्यमी विकास कार्यक्रम अन्तर्गत मुख्य कार्यालय र ठैव सेवा केन्द्रमा लघुवित्त कार्यक्रम संचालन गरिरहेको बताउँदै थाहानगरमा पनि छिट्टै यस किसिमको कार्यक्रम संचालन गर्ने व्यवस्थापक विष्टले बताए ।
त्यसैगरी संस्थाले सदस्यहरुको सानासाना पुँजीलाई बचत संकलन र सर्वसुुलभ ऋण लगानी गरी सदस्यलाई स्वरोजगार र व्यवसायिक बनाउन सहयोग गर्दै आएको छ । संस्थाले सदस्यहरुको सेवालाई अझ नवीनतम प्रविधिहरुको प्रयोगमा ल्याई संस्थाको काराबोरलाई थप मजबुद बनाउँदै अगाडि बढ्दै जाने योजना पनि रहेको छ ।
आठौं बर्षमा सफलतापूर्वक रुपमा प्रवेश गर्नुमा संस्थाका संचालक समितिका पदाधिकारीहरुको र कुशल कर्मचारीहरुको ठूलो योगदान रहेको प्रशंसा गर्दै संस्थाका अध्यक्ष विष्टले धन्यवाद दिएका छन् । संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालन गरी विभिन्न सामाजिक उत्तरदायितव अन्तर्गतका कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको छ । मंगलदीप सहकारी क्षेत्रमा अनुभवी युवाहरुबाट संचालित सहकारी संस्था हो ।


















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्