मन्त्रालय तथा निकायहरूले आगामी आर्थिक वर्ष २०७९–८० लागि कार्यक्रम र बजेट प्रस्ताव पेश गर्दा विभिन्न विवरण भर्नुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय योजना आयोगले बजेट तर्जुमासम्बन्धी मागएदर्शन तथा ढाँचा सर्वाजनिक गर्दै आगामी आर्थिक वर्षको लागि विभिन्न कार्यक्रम तथा बजेट तर्जुमा गर्नको लागि विभिन्न विवरण सहितको ढाँचा सरकारी निकायलाई पठाएको छ ।
राष्ट्रिय योजना आयोगले कार्यक्रम तथा बजेट प्रस्तावको लागि १० विवरण प्रस्तुत गर्नुपर्ने व्यवस्थासहितको ढाँचा बनाएको छ । राष्ट्रिय योजना आयोगले यही साता बजेट तर्जुमासम्बन्धी मार्गदर्शन तथा ढाँचा पठाउँदै सरकारी निकायहरूलाई बजेट छलफलका लागि ४ बुँदामा १० विवरण प्रस्तुत गर्न भनेको हो ।
कार्यक्रम तथा बजेट पेश गर्दा मन्त्रालय तथा निकायहरूले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६को दफा ९(३) को व्यवस्था पालना गर्दै प्रस्तावित बजेट तथा कार्यक्रमको क्षेत्रगत लक्ष्य तथा उपलब्धि खुलाउनुपर्नेछ । यस्तै, प्रस्ताव गर्ने कार्यक्रम–आयोजनाहरूको अपेक्षित प्रतिफलबारे पनि जानकारी उल्लेख गर्नुपर्नेछ ।


















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्