वर्षासँगै आएको हावाहुरीले मकवानपुरको थाहा नगरपालिका–९ का १० परिवारको घर, गोठको छाना उडाएको छ ।

११ वैशाख बेलुका आएको हावाहुरीले सबैभन्दा बढी थाहा–९ माझगाउँका ४२ वर्षीय कर्णबहादुर बलामीको क्षति भएको छ । बलामीको २ वटा घरको जस्तापाताको छाना उडाउनुको साथै फर्निचर र खाद्यान्नमा पनि क्षति पु¥याएको इलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी सहायक निरिक्षक रमेशप्रसाद यादवले बताए।

हावाहुरीले गोपाल बलामी, घटोकप बलामी, जनकदास बलामी, बुद्धिबहादुर बलामी, कृष्ण बलामी, रमेश बलामी, राजन बलामी, हेमकुमारी बलामी र ओमबहादुर बलामीको घरमाको क्षति पुगेको छ ।

पालिका प्रेस
थप जानकारी