नागरिक लगानी कोषले  रिक्त रहेका विभिन्न चार पदका लागि ११ जना कर्मचारी माग गरेको छ ।  कोषले आज एक सूचना जारी गर्दै सहायक अधिकृतदेखि सहायक पदका लागि कर्मचारी माग गरेको हो ।

कोषले सहायक अधिकृत (प्रशासन) छैटौँ तहमा दुई जना, सहायक कम्प्युटर अधिकृत (प्राविधिक) एक जना, वरिष्ठ सहायक (प्रशासन) एक जना र सहायक (प्रशासन) ७ जना गरी ११ जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना: 

पालिका प्रेस
थप जानकारी