मकवानपुरमा नौ वटा मतदान केन्द्र थपिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि गत निर्वाचनको भन्दा ९ वटा मतदान केन्द्र थपिएको हो । अघिल्लो निर्वाचनमा मकवानपुर जिल्लामा १ सय ६७ वटा मतदानस्थल थिए । अहिले पनि त्यसैलाई कायम गरिएको छ तर मतदान केन्द्र ९ वटा वढेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरीप्रसाद ढकालले बताए ।
‘अघिल्लो निर्वाचनमा मतदान केन्द्र ३६७ वटा थियो, अहिले त्यो संख्या वढेर ३७६ वटा मतदान केन्द्र रहने छ’ उनले भने । अघिल्लो निर्वाचनमा मकवानपुरमा ३ लाख २ हजार २ सय ४३ जना मतदाता रहेका थिए । तर अहिले १४ हजार १ सय २१ जना मतदाता थपिएकाले मतदाताको संख्या ३ लाख १६ हजार ३ सय ६४ पुगेको छ ।
मृत्यु भएका मतदाता संख्या २ सय १ र दुई जिल्लामा मतदाता भएका कारण ६८३ जना मतदाताको नाम हटाइएकाले मकवानपुरमा कुल मतदाताको संख्या ३ लाख १५ हजार ४ सय ८० जना मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्