मकवानपुरको थाहा नगरपालिकाले तीनवर्षे इन्द्रायणी जात्राको अवसरमा सार्वजनिक विदा दिएको छ । नगरपालिकाले १९ मंसिरमा समेत परेको जात्रालाई लक्षित गरी सार्वजनिक विदा दिएको हो ।

थाहानगर कार्यपालिकाको ३० कार्तिकमा भएको बैठकले ऐहिासिक इन्द्रायणी जात्राको अवसरमा नगरभरी सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता हिरेन्द्र कुमार रायमाझीले जानकारी दिए । थाहानगरको इन्द्रायणी चौरमा यहि मंसिर १८, १९ र २० गते तीन वर्षे इन्द्रायणी जात्रा मनाइँदैछ ।

जात्रा शुरु हुने दिन १८ मंसिरमा उधौली पर्वको संघीय सरकारले सार्वजनिक विदा दिएको छ भने २० गते शनिबार परेको छ । यि सबै विदालाई हेर्दा जात्रा अवधीभर तीनदिन नै सार्वजनिक विदा परेको छ ।

पालिका प्रेस
थप जानकारी