राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजश्व कार्यालय हेटौडा मकवानपुरले १ मङ्सिरमा आयोजित सम्मान कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघलाई विशेष सम्मान प्रदान गरेको छ।

आन्तरिक राजस्व कार्यालयले उद्योग वाणिज्य संघलाई सेवा, सहयोग र सहकार्यमा योगदान स्वरूप सम्मान गरेको हो। थाहा नगर उद्योग वाणिज्य संघले यसअघि नै कर प्रवर्द्धन र व्यवसायिक सचेतनामा महत्वपूर्ण पहल गर्दै आएको छ। संघले साउन २९, ३० र ३१ गते थाहा नगरपालिकामा आफ्नै कार्यालय र बज्रबाराहीमा संयुक्त कर शिविर सञ्चालन गरेको थियो, जसले नागरिकहरूलाई कर बुझाइमा सहजता र सुविधा प्रदान गरेका थिए ।

उद्योग वाणिज्य संघको सक्रिय पहलका कारण सो क्षेत्रका नन्-फाइलरहरूको संख्या घटाउनसमेत महत्वपूर्ण सफलता हासिल भएको थियो। यस प्रयासले व्यवसायी र नागरिकबीच कर सम्बन्धी जानकारी र सहकार्य बढाउन मद्दत पुर्‍याएको छ।

पालिका प्रेस
थप जानकारी