मकवानपुर थाहा नगरपालिकाले आफू मातहतमा रहेको थाहानगर खानेपानी व्यवस्थापन बोर्डलाई स्वायत्त बनाउने नीति लिएको छ । यसका लागि आगामी आर्थिक वर्ष २०८२÷०८३ बाट नगरपालिकाबाट वार्षिक रुपमा अनुदानको व्यवस्था गर्ने नीतिमा समेटेको छ । ७ असारमा नगर प्रमुख विष्णु बहादुर विष्टले पेश गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।
नगरपालिका क्षेत्रमा रहेका अधुरो खानेपानी आयोजनालाई प्राथमिकता दिइन, आयोजनाहरुको मर्मत संभारका लागि खानेपानी आयोजना निर्माण प्रारम्भ गर्दा नै निश्चित प्रतिशत छुट्याइयाई सो रकमबाट खानेपानी व्यवस्थापन बोर्ड मार्फत मर्मत संभारको व्यवस्था मिलाइने, समुदायसंगको सहकार्यमा खानेपानी आयोजनाहरुको दिगो व्यवस्थापन गर्ने नीति लिएको छ । बजार क्षेत्रको खानेपानी आयोजनाको विद्यमान संरचनाहरुको मर्मत संभार तथा दिगो व्यवस्थापन गर्न तथा बजार क्षेत्रमा रहेको खानेपानी आपूर्तिको न्युनतालाई कम गर्न थप सम्भावित श्रोतहरुको खोजि तथा उपयोग गर्न आवश्यक पहल गर्ने, खानेपानी लागि एक घर एक धाराको संकल्पलाई पुरा गर्ने कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले नीति लिएको छ ।
सहलगानीका खानेपानी आयोजना कार्यान्वयनका लागि संघ, प्रदेश, खानेपानी बोर्ड र समुदायसँग सहकार्य गरिने, निर्माण सम्पन्न भएका आयोजनाहरुबाट २४ सै घण्टा खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइने नीतिमा उल्लेख छ । खानेपानी व्यवस्थापनका लागि सहलगानीका योजनाहरुलाई प्राथमिकता दिइ विकास साझेदारहरुसँगको सहकार्यलाई निरन्तरता दिइने,स्वच्छ खानेपानी वितरणका लागि विकास साझेदारहरुसँगको सहकार्यमा खानेपानी परीक्षण प्रयोगशाला स्थापनाका लागि पहल गर्ने नीति पालिकाको रहेको छ ।


















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्