नव वर्ष २०८२ को अवसरमा थाहा नगरस्तरीय मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता भएको छ । ३० चैतमा थाहानगरको क्याम्पाडाँडा स्थित कबर्डहलमा नव वर्षको शुभकामनासहित भएको प्रतियोगितामा नबिन रायमाझी र बिमल विष्टको टिम विजयी भएको छ ।

प्रतियोगितामा सुभाष थापा र संग्राम खत्रीको टिम दोस्रो र राजकुमार खड्का तथा मधुसुदन चौधरीको टिम तेस्रो भएका छन् । शिखर क्लब र थाहानगर ब्याडमिन्टन संघको संयुक्त आयोजनामा भएको मैत्रीपूर्ण प्रतियोगिताको संयोजक सुशान्त श्रेष्ठ (च्याङ) रहेका थिए ।

विजयी खेलाडीहरुले प्रमाणपत्रसहित ट्रफी तथा मेडल पुरस्कार पाएका छन् । प्रतियोगिता पश्चात् भएको पुरस्कार वितरण समारोहमा पहिलो पुरस्कार कृषि विकास बैंक पालुङ शाखाका प्रबन्धक घनश्याम श्रेष्ठ, दोस्रो पुरस्कार इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्याल र तृतीय पुरस्कार नेपाल बैंक लिमिटेड चित्लाङका प्रबन्धक रोशन तिवारीले वितरण गरेका थिए ।

खेलाडी तथा स्थानीय संघसंस्थाका प्रतिनीधिहरुबीच शुभकामना आर्दानप्रदानसहित भएको मैत्री पूर्ण प्रतियोगितामा थाहानगरका ८ वटा टिमको सहभागिता रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।

पुरस्कार वितरण समारोहका फोटोहरुः

 

 

 

पालिका प्रेस
थप जानकारी