संघीय सरकारले स्थानीय सरकारहरुलाई स्वदेशमै उत्पादन भएका बस्तुको प्रयोग गर्न अनुरोध गरेको छ ।

सरकार, सरकारमातहतका निकाय र सार्वजनिक निकायमा कार्यरत कर्मचारी  तथा पदाधिकारीले अनिवार्य रुपमा स्वदेशमै उत्पादन भएका बस्तु प्रयोग गर्नुपर्ने नियम बनाउँदै सकरारले स्थानीय र प्रदेश सरकारसमेतलाई पालना गर्न भनेको हो ।

सरकारले एउटा कार्यविधि बनाउँदै सार्वजनिक निकायले विभिन्न सार्वजनिक कार्यक्रम गर्दा, कार्यालयमा सामाग्री र खाद्यबस्तु प्रयोग गर्दा सम्भव भएसम्म नेपाली स्थानीय उत्पादन मात्रै प्रयोग गर्नुपर्ने भनेको हो ।

स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्धन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो कार्यविधि बनाएको छ ।

पालिका प्रेस
थप जानकारी