मकवानपुरगढी–३ मक्राञ्चुलीमा रहेको टावरडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा पुन शत्रुघन दुलाल चयन भएका छन । १७ फागुनमा सम्पन्न भएको दोश्रो वार्षिक साधारणसभाको बन्दसत्रले दुलालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नेत्र प्रसाद चौलागाई, सचिवमा शान्त प्रसाद दाहाल, कोषाध्यक्षमा सम्झना थिङ चयन भएका छन । समितिको सदस्यहरुमा बलराम भट्टराई , शर्मिला अर्याल, रमाकुमारी तिमल्सिना , रामेश्वर घिमिरे र अनिल दाहाल चयन भएका छन । यसैगरि लेखा समिति संयोजकमा शिवराम न्यौपाने र सदस्यहरुमा गोविन्द देवकोटा र सरिता चौलागाई चयन भएका छन ।
नयाँ कार्यसमितिको निर्वाचन गराउन ईन्द्र प्रसाद चौलागाईको संयोजकत्वमा कृष्णप्रसाद हुमागाई र भीमसेन पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । बागमती प्रदेश खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बद्री प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम समितिका अध्यक्ष शत्रुघन दुलालको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा मकवानपुरगढी गाउँपालिका कार्यपालिका सदस्य दुर्गा बहादुर बराईली, ३ नम्बर वडा सदस्य प्रेम बहादुर थोकर, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, मकवानपुर सचिव चन्द्र बहादुर योन्जन, मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुन प्रसाद दाहाल, कालीदेवी टोल विकास संस्था अध्यक्ष सूर्य पुडासैनी , सुशासन टोल विकास संस्था अध्यक्ष राम दाहाल, कालीदेवी मन्दिर ब्यवस्थापन समिति अध्यक्ष निश्चल सापकोटा लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । समितिमा २ सय ८० घरधुरी आवद्व रहेको ब्यवस्थापक हरिचन्द्र सापकोटाले बताएका छन् ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्