मकवावनपुर थाहा नगरस्तरीय प्रथम नगर स्तरीय रनिङ शिल्ड शिक्षक भलिवल प्रतियोगितामो १६ फाुनमा सेमिफाइनलका खेल हुँदैछ । प्रतियोगिता अन्तर्गत १६ फागुनमा पहिलो सेमीफाइनल खेल जनकल्याण मावि र महांकाल आवि र दोस्रो सेमीफाइनल खेल सुन्दरीदेवी मावि र मत्स्यनारायण माविबीच विहान ८ बजेदेखि सुरु हुनेछ ।

१५ फागुनमा सम्पन्न क्वाटर फाइनल खेलमा स्वच्छन्द भैरव माविलाई पराजित गर्दै महांकाल आधारभूत विद्यालय सेमी फाइनलमा प्रवेश गरेको छ ।

यसैगरि बागेश्वरी माविलाई पराजित गर्दै जनकल्याण मावि, सुनौला माविलाई पराजित गर्दै मत्स्यनारायण मावि सेमीफाइनल प्रवेश गरेको छ । क्वाटर फाइनलमा दुर्गादेवी आधारभूत विद्यालय अनुपस्थित भएपछि सुन्दरीदेवी मावि पनि सेमीफाइनल प्रवेश गरेको छ ।

खेलको समापन तथा पुरस्कार वितरण समारोह दिउँसो १२ बजे हुने संगठनका अध्यक्ष मनोज लामिछानेले जानकारी दिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिको आयोजनामा फागुन १४ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगितामा थाहा नगरभित्रका १२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी