मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ अन्तर्र्गत ५ वटा खानेपानी आयोजनाका लागि २ करोड ७४ लाख ५८ हजारको ठेक्का आह्वान भएको छ । मकवानपुर २ बाट निर्वाचित साँसद महेश कुमार बर्तौलाको पहलमा यी आयोजनाहरुमा चालु आर्थिक वर्षमा संघीय खानेपानी मन्त्रालयबाट विनियोजित बजेट कार्यक्रमहरुबाट यो ठेक्का आह्वान भएको हो ।

एमाले नेता एवम् मुख्य सचेतक बर्तौलाको सचिवालयले दिएको जानकारी अनुसार–कालीदेवी आनेपानी आयोजना थाहा नगरपालिका वडा नम्बर ९ को चित्लाङ खानेपानीको लागि ३० लाख २९ हजार, थाहा–११ को नाकछेडा खानेपानी योजनाका ४० लाख ६१ हजार रुपियाँको ठेक्का आव्हान भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका–अनुसार थाहा १२ बसन्ते खानेपानी आयोजनाको पनि ठेक्का आव्हानका लागि तयारी छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ३ को रामचन्द्र भञ्ज्याङ खोनपानी आयोजनाको लागि ४७ लाख २६ हजारको ठेक्का खुलेको छ ।

त्यसैगरी भीमफेदी गाउँपालिकाको वडा नम्बर ९ को बरदेउ खानेपानी योजनाको लागि १ करोड ७ लाख ७३ हजार र मनहरीको गाउँपालिका वडा नम्बर ९ नम्बरको माथिल्ले ज्यामिरे स्थित सुवेदीटोल खोनपानी योजनाको लागि ३० लाख २८ हजारको ठेक्का आह्वान भएको बर्तौलाको स्वकीय सचिव आशिष अस्लामीले जानकारी दिए ।
ठेक्का आव्हान भएका योजनाहरु समयमै सम्पन्न गरी राष्ट्रिय नीति अनुसार ‘एक घर, एक धारा’ पु¥याउने लक्ष्य लिइएको छ ।

पालिका प्रेस
थप जानकारी