मकवानपुरको थाहा नगरपालिका र छिमेकी पालिकाहरुलाई संघीय राजधानी काठमाण्डौं जोड्ने छोटो मार्ग चित्लाङ–चन्द्रागिरि–थानकोट (गणेशमान सिं मार्ग) एक महिना बन्द हुने भएको छ । सडक स्तरोन्नतीका लागि आवागमन बन्द गर्न लागिएको हो ।
सडक डिभिजन काठमाडौंले ४ पुसमा सूचना प्रकाशित गरी यहि पुस ७ देखि माघ ६ गतेसम्म सो सडकमा सवारी आवागमन बन्द गर्ने जनाएको छ । सडक डिभिजन अन्तर्गतको थानकोट चित्लाङ सडक स्तरोन्नतीका लागि पानीघाटदेखी चन्द्रागिरि भन्ज्याङसम्म पूर्ण रुपमा आवागमन बन्द हुने सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ,–‘थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्मको सडकखण्ड मिति २०८१–०९–०७ देखि ०८१–१०–०६ सम्म पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न हुन जानकारी गराइन्छ ।’


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्