मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार वर्तौलाले जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा बाढी पहिरोबाट भएको क्षतिको विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कासंग भेटवार्ता गरेका छन् । भेटका क्रममा सांसद वर्तौलाले नेपाल विद्युत प्राधिकरणको गम्भीर कमजोरीका कारण तल्लो तटीय क्षेत्रमा ठूलो नोक्शानी भएको बताएका छन् ।

नेकपा एमाले संसदीय दलका मुख्य सचेतक समेत रहेका बर्तौलाले सो क्षेत्रको क्षतीका विषयमा तत्काल छानबीन तथा जाँचबुझ समिति गठन गर्न आग्रह गरेका छन् । बाढी पहिरोबाट भएको क्षति र नोक्सानी प्रति जवाफदेही भइ पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन, भत्केका भौतिक संरचना पुर्ननिर्माणमा भुमिका खेल्न, ड्यामको माथिल्लो र तल्लो तटिय क्षेत्रका जनताहरुलाई मुवाब्जा उपलब्ध गराउन समेत बर्तौलाले अनुरोध गरेका छन् ।

त्यसैगरी जोखिम कम गर्नका लागि तटबन्धन निर्माण गर्न, लामो समयदेखि ड्याममा जम्मा भएको माटो ढुङ्गाालगायत फोहोर सफा गर्न समेत ध्यानाकर्षण गराएको गराएका छन् । सो क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री खड्काले छानबिन समिति बनाई आवश्यक कार्य अगाडी बढाउने प्रतिवद्धता जनाएको सांसद बर्तौलाले जानकारी दिए ।

गत १२ असोज विहान कुलेखानी ड्यामलाई जोखिम भएको बताउँदै करिब ४–४ मिटर पानीको ढोका खोली निकासी गर्दा इन्द्रसरोबर गाँउपालिकामा ठुलो क्षति भएको छ ।

पालिका प्रेस
थप जानकारी