हेटौंडा र काठमाण्डौ जोड्ने छोटो दुरीको मार्ग खुलेसंगै रुट र चल्न पाउने सवारी साधनको प्रकारको विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सूचना प्रकाशन गरेको छ । प्रकाशित सूचना अनुसार हेटौंडाबाट भैसे भीमफेदी कुलेखानी चित्लाङ हुँदै काठमाण्डौ रुटमा अत्यावश्यक सेवाको एम्बुलेन्स मोटरसाइकललगायत हलुका सवारी साधन र चार पाङ्ग्रे सरकारी गाडी चल्न पाउने भएका छन् ।
त्यसैगरी भैसे पालुङ चित्लाङ हुँदै काठमाण्डौ वा हेटौंडा भैसे पालुङ नौबिसे हुँदै काठमाण्डौ रुटमा चार पाङग्रे सवारी साधन अर्थात मिनि बस, हाइस तरकारी बोक्ने साना गाडी सञ्चालन हुन पाउने भएका छन् । यि सवारी साधन उक्त रुटमा विहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुन पाउने सूचनामा उल्लेख छ ।
त्यसैगरी हेटौंडा भैसे पालुङ नौबिसे काठमाण्डौं सडक रुटबाट मिनि ट्रकलगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने माल बहाक सवारी साधन संचालन हुन पाउने छन् । सवारी चाप अनुसार विहान ४ देखि बेलुका ७ बजेसम्म सवारी संचालन हुन पाउने सूचनामा उल्लेख छ ।
यद्यपि हेटौंडाबाट भैसे भीमफेदी कुलेखानी मार्खु चित्लाङ हुँदै काठमाण्डौ जान भने कुनैपनि समयावधि तोकिएको छैन।
हेर्नुहोस सूचनाः


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्