संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयन गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ ।

बहुक्षेत्रीय पोषण योजना तेस्रोले लिएको लक्ष्य, उद्देश्य तथा अपेक्षित नतिजा हासिल गर्न सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमको कार्यान्वयनमा सहजीकरण गर्न सबै स्थानीय तहलाई मन्त्रालयले निर्देशन दिएको हो ।

देशबाट कुपोषण अन्त्यको लागि गुणस्तरीय पोषण सेवाको उपलब्धता र पहुँचको सुनिश्चतता गर्दै मानव जीवनचक्रमा पोषणको अवस्था सुधार गर्नेलक्ष्य सहित कार्यान्वयनमा आएको भन्दै मन्त्रालयले गएको भदौ १२ को मन्त्रीस्तरीय निर्णयानुसार स्वीकृत बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ पनि पत्रसँगै स्थानीय तहलाई पठाएको छ ।

पालिका प्रेस
थप जानकारी