स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा मकवानपुर जिल्लामै बागमती गाउँपालिका पहिलो भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको मूल्याङ्कनमा मकवानपुरगढी गाउँपालिका दोस्रो र थाहा नगरपालिका तेस्रो भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरले आयोजना गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षाको अवसरमा उत्कृष्ट ३ पालिकालाई सम्मान गरिएको हो । कार्यालयले मकवानपुरका स्थानीय तहहरुको मुख्य मुख्य सूचकहरुमा मूल्याङ्कन गरी पालिकाहरुलाई पुरस्कृत गरिएको हो । मुल्याङ्कन अनुसार बागमती गाउँपालिकाले ७२.५ अंक, मकवानपुरगढीले ७१.५ र थाहा नगरपालिकाले ७१ अंक पाएको छ ।
पुरस्कृत तीन वटै पालिकालाई बागमती प्रदशका स्वास्थ्य मन्त्री थापा मगरले प्रशंसापत्र वितरण गरे । दुई दिनसम्म हेटौंडामा भएको समीक्षा कार्यक्रममा जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जिल्ला स्थित स्वासथ्य कार्यालयका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्