थाहा नगरपालिका अन्तर्गत रहेको चित्लाङ स्वास्थ्य चौकीमा ५ असोजमा एकदिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर भएको छ । शिविरमा ५ सय ६५ जनाले सेवा पाएको चित्लाङ स्वास्थ्य चौकीका प्रमुख महेश्वर लामिछानेले जानकारी दिए ।
स्वास्थ्य चौकीको व्यवस्थापनमा भएको शिविर पशुपति होमियोप्याथिक चिकित्सालय हरिहरभवन पुल्चोकको आयोजनामा भएको थियो । पशुपति होमियोप्याथिक नेपालकै एक मात्र होमियोप्याथिक चिकित्सालय हो ।
स्वास्थ्य शिविरमा उपचारका लागि ४ जना डाक्टरसहित २५ जनाको टोली आएका थिए । स्वास्थ्यकर्मीहरुको टोलीले शिविरमा आएकाहरुको नाक, कान घाँटी, दम तथा खोकी, छाला, पाचन प्रणाली, मधुमेह, हाडजोर्नी, युरिक एसिड, उच्च रक्तचाप, अल्काइ, प्रजनन् तथा यौन, मानसिक रोग, पिसाब र प्रोष्टेटलगायतका विरामीहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरेका थिए ।

शिविरमा पशुपति होमियोप्याथिक चिकित्सालयका नागमणि पटेल, थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, ९ नम्बर वडाध्यक्ष राजकुमार बलामी, वडा सदस्य रामकृष्ण कपाली, स्वास्थ्यचौकी चित्लाङका स्वास्थ्यकर्मीलगायतकाको उपस्थिती रहेको थियो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्