मकवानपुर थाहा नगरपालिकाले कृषि क्रान्तिकै रुपमा विभिन्न किसानमैत्री कार्यक्रम संचालन गर्दै आएको छ । पालिकाले संघ, प्रदेश तथा विभिन्न परियोजनाहरु समेतको सहकार्यमा किसान केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । त्यसोतः किसानहरुको लागत सहभागितामा आधारित अनुदानलाई वर्षेनी बढाउँदै गएको छ । नगरपालिकाले गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षाको तथ्याङ्क अनुसार पनि कृषि क्षेत्रमा वर्षेनी बजेट समेत वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

थाहा नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा मात्र नगरपालिकाको १२ वटै वडाको गरी कुल ४ हजार १ सय ४ किसान परिवारलाई विभिन्न किसिमको अनुदान वितरण गरेको तथ्याङ्क छ । यो तथ्याङ्क गत आर्थिक वर्षको भन्दा १ हजार ३२ परिवार बढि हो । आर्थिक वर्ष २०७९/०८० मा थाहा नगरपालिकाले सबै वडाका गरी कुल ३ हजार ७२ किसान परिवार कृषि अनुदानको लाभग्राही भएको भएको कृषि अधिकृत प्रदिप गुरुङले जानकारी दिए । यद्यपि वि.सं. २०७८ को तथ्याङ्क अनुसार थाहा नगरपालिकाको कुल ९ हजार ७ सय ४९ परिवार मध्ये ७७.८० प्रतिशत किसान छन् ।
थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ई.एम झोल मल वितरण निःशुल्क वितरण गरेको छ । उक्त आर्थिक वर्षमा १ सय ६७ परिवारलाई उक्त सामाग्री वितरण गरिएको कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । सोही आर्थिक वर्षमा सिल्पोलिन टनेल प्लाष्टिक वितरण ९० जि.एस.एम.को ७२ वर्गमीटरको ५० प्रतिशत अनुदानमा १ सय ८१ परिवारलाई वितरण गरिएकोमा आर्थिक वर्ष २०८०/०८१ मा १ सय ६० परिवारलाई वितरण गरिएको थियो । ५० प्रतिशत अनुदानमा मल्चिङ प्लाष्टिक ३ सय किसान परिवारलाई वितरण गरिएकोमा आर्थिक वर्ष २०८०/०८१ मा २ सय ४० परिवारलाई बढाउँदै ५ सय ४० परिवारलाई वितरण गरिएको छ ।

१६ लिटरको स्प्रेयर डियुल टु इन वान पम्म ५० प्रतिशत अनुदानमा २ सय १६ परिवारलाई वितरण गरिएकोमा आर्थिक वर्ष २०८०/०८१ मा १ सय ७ किसान परिवारलाई थप्दै ३ सय २३ परिवारलाई वितरण गरिएको शाखा प्रमुख तिवारीले जानकारी दिए । नमुना टनेल र थोपा सिंचाइसहित ५० प्रतिशत अनुदानमा ५ सय वर्ग मिटरको टनेल आर्थिक वर्ष २०७९/०८० मा ५४ परिवारलाई वितरण गरेकोमा आर्थिक वर्ष २०८०/०८१ मा ४९ परिवारलाई वितरण गरिएको छ । नमुना टनेल र थोपा सिंचाइसहित ५० प्रतिशत अनुदानमा १ हजार वर्ग मिटरको टनेल आर्थिक वर्ष २०७९/०८० मा १८ परिवारलाई वितरण गरिएको थियो । नमुना टनेल र थोपा सिंचाइसहित ५० प्रतिशत अनुदानमा २५ सय वर्ग मिटरको टनेल र थोपा सिचाईसहित आर्थिक वर्ष २०८०/८१ मा ५ परिवारलाई वितरण गरेको कृषि विकास शाखाको तथ्याङ्कले देखाएको छ ।

थाहानगरको कृषि विकास शाखाले ५० प्रतिशत अनुदानमा तरकारी नर्सरी स्थापनाका लागि आर्थिक वर्ष २०७९/०८० मा २ वटा नर्सरीलाई अनुदान वितरण गरेको छ । कृषि यान्त्रिकरणतर्फ दुई आर्थिक वर्षमा ३ सय ७५ वटा मिनी टिलर (ट्याक्टर) वितरण गरेको छ । कृषि विकास शाखा तथा संघ प्रदेश र विभिन्न परियोजनाको समेत गरी आर्थिक वर्ष २०७९/८० मा १ सय २३ वटा मिनीटिलर वितरण गरेको पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा २ सय ५२ वटा वितरण गरेको छ ।

शाखाले ७५ प्रतिशत अनुदानमा बायोटिन कृषि चुन आर्थिक वर्ष २०७९/०८० मा २ सय ८६ परिवारलाई वितरण गरेकोमा आर्थिक वर्ष २०८०/०८१ मा त्यस संख्यामा ३ सय ७९ परिवार थप्दै ६ सय ६५ परिवारलाई वितरण गरेको छ । धान र मकैको उन्नत तथा हाइब्रिड विउमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । उक्त विउ आर्थिक वर्ष २०७९/०८० मा ५ सय २५ परिवारलाई वितरण गरेकोमा आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ३३ परिवारलाई वितरण गरेको छ । त्यसैगरी ५० प्रतिशत अनुदानमा हिउँदे तथा वर्षे फलफुलको विरुवा दुई आर्थिक वर्षमा गरी २ सय ७० परिवारलाई वितरण गरेको छ भने आकस्मिक बाली संरक्षण सेवा अन्तर्गत निःशुल्क बिषादी २ हजार ७ परिवारलाई वितरण गरिएको कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्