मकवानपुर थाहा नगरपालिकाको रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । थाहानगरको ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि सिमभन्ज्याङतर्फबाट जाँदै गरेको बा १ ग ३४३६ नम्बरको ट्रकमा २० भाद्र मध्यान्ह आगलागी भएको हो।

त्रिभुवन राजपथको दामन–शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका–४ कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । ट्रकको सापट भाच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको घटनास्थलमा रहेका सेनाले जानकारी गराएका छन् ।

 
सापट भाच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगोलागी भएको अनुमान ट्रकमा सवार सेनाहरूले गरेका छन् । ट्रकमा १८ जना सवार थिए । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । थाहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

पालिका प्रेस
थप जानकारी