मकवानपुर थाहानगर स्थित इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) श्याम थापा मगर सरुवा भएका छन् । थापाको इलाका प्रहरी कार्यालय पालुङमा आएको करिब १ वर्ष १७ दिनमा १७ भाद्रमा सरुवा भएको हो । उनी २०८० साउन ३० गते इलाका प्रहरी कार्यालय पालुङमा प्रहरी वृत्त बानेश्वर अपराध नियन्त्रण शाखाबाट सरुवा भई आएका थिए ।

नेपाल प्रहरीले एकैपटक ५ सय ८७ जना इन्सपेक्टरको सरुवा गरेको छ । यहि निर्णयमा थापाको पनि सरुवा भएको नेपाल प्रहरी प्रधान कार्यालय मावस्रोत विकास विभागले जनाएको छ । थापा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय पिलर १ हत्या, राज्य विरुद्धको अपराध, मानव बेचविखन, लागू औषध कार्यालयमा सरुवा भएका हुन् ।

थाहानगरको स्थित इलाका प्रहरी कार्यालय पालुङमा भने प्रहरी निरीक्षक सविन बाबु अर्याल आउने भएका छन् । अर्याल नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय विपद व्यवस्थापन जर्गाह पश्चिम नवलपरासीबाट सरुवा भई आउने भएका हुन् । उनको पनि १७ भाद्रमै सरुवा भएको हो ।
सरुवा भएका इन्सपेक्टरहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने छन् ।

पालिका प्रेस
थप जानकारी