मकवानपुर थाहा नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा भएको छ । पालिकाको आयोजनामा १६ भाद्रमा पालुङ जेसिज सभाहलमा समीक्षा कार्यक्रम भएको हो ।

थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा भएको समीक्षामा नगर प्रमुख, वडाध्यक्षहरु तथा कार्यपालिका सदस्य र अन्य जनप्रतिनीधिहरुको समेत उपस्थिती रहेको थियो । समीक्षामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले कार्यक्रमको उद्देश्यको विषयमा जानकारी गराएका थिए ।

समीक्षामा थाहा नगरपालिकाका शाखा तथा वडा कार्यालयहरुले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा वडा सचिवहरुले राजश्व संकलन, कार्यक्रम कार्यान्वयन, भौतिक तथा वित्तीय प्रगतीहरुको विषयमा प्रस्तुतिकरण गरेका थिए । सचिवहरुले वडा कार्यालयहरुको उपलब्धी, समस्या र चुनौतिहरु समेत उल्लेख गरेका थिए । सो अवसरमा थाहा नगरपालिकाका शिक्षा, स्वास्थ्य, कृषि, पशु विकास, योजना, सामाजिक विकास, वन तथा वातावरण, उद्योग तथा राजश्व, जिन्सी, आर्थिक प्रशासनलगायतकाको शाखा प्रमुखहरुले पनि वर्षभरीको कार्यक्रम र प्रगतीको विषयमा प्रस्तुतिकरण गरेका थिए ।

 

कार्यक्रममा वडा र शाखाहरुले प्रस्तुत गरेको उपलब्धी, समस्या र चुनौतिको विषयमा छलफल भएको थियो । सो अवसरमा नगर प्रमुख विष्णु बहादुर विष्टले कार्यक्रम कार्यान्वयनका क्रममा भएका उपलब्धीसहितको छलफलले आगामि योजना तर्जुमा र कार्यान्वयनका लागि सहज हुने बताए । पालिकाको समग्र उपलब्धीलाई उठाउनका लागि वडा तथा शाखाहरुको कार्य सम्पादन महत्वपूर्ण हुने बताए । उपप्रमुख भरत गोपालीले योजनाहरुको अनुगमन मुल्याङ्कन जस्तै समग्र पालिकाको कामको समीक्षा कार्यक्रमले मूल्याङ्कन हुने बताउँदै यस कार्यक्रमले आगमी दिनका लागि थप स्तरीय बनाउन सघाउ पुग्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पालिकाका वडा तथा शाखाहरुले गरेको कार्यको प्रशंसा गरे । गत वर्षहरुको तुलनामा पालिकाले आन्तरिक राजश्व व्यवशाय दर्ता तथा नवीकरण, योजना कार्यान्वयनलगायतको सूचकमा हासिल गरेको उपलब्धी प्रसंशनीय भएको बताए । उनले यस कार्यमा सघाउ पु¥याउन पालिका नेतृत्व, जनप्रतिनीधि कर्मचारीहरु सर्बैको सहयोग रहेको औल्याए । समीक्षा कार्यक्रमको अवसरमै वार्षिक प्रगती समिक्षा कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

पालिका प्रेस
थप जानकारी