मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा फोटो प्रदर्शनी शुरु भएको छ । श्री कृष्णजन्माष्टमीको अवसरमा शिखरकोटमा दुईदिने फोटो प्रदर्शनी शुरु गरिएको आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए ।
प्रदर्शनमिा थाहा नगरपालिका क्षेत्रका साँस्कृतिक, प्राकृतिक, सम्पदाहरु तथा जीवनशैली समेटिएका फोटोहरु राखिएको छ । प्रदर्शनीमा राखिएका अधिकांश फोटोहरु पालिका प्रेसका फोटो पत्रकार गणेश विष्टले खिचेका हुन् ।
यसअघि पनि थाहानगरको पर्यटन प्रवद्र्धनका लागि काठमाण्डौं, हेटौंडा, चितवन लगायतका क्षेत्रमा विष्टले खिचेको फोटोहरु प्रदर्शन गरिसकिएको छ ।

















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्