नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले भाद्र ११ गतेबाट वक्यौता महशुल नतिर्ने ग्राहकहरुको लाईन काट्ने अभियान संचालन गर्ने भएको छ ।

प्राधिकरणले बाँकी वक्यौता महशुल उठाउन भाद्र ११ गतेबाट भाद्र मसान्तसम्मलाई बाँकी वक्यौता महशुल संकलन अभियान घोषणा गरि देशभर एक साथ लाईन काट्ने अभियान संचालन गर्न लागेकोले पालुङ वितरण केन्द्रले पनि साही अनुसार अभियान संचालन गर्ने वितरण केन्द्र प्रमुख माधव न्यौपानेले बताए ।

प्राधिकरणको महशुल संकलन विनियमावली २०७८ अनुसार विद्युत महशुल ६० दिन भन्दा बढीको विद्युत महशुल नतिरेमा लाईन काट्ने व्यवस्था छ । प्राधिकरणले लाईन काट्ने अभियानका क्रममा महशुल नतिर्ने ग्राहकको लाईन काटि दैनिक रुपमा विवरण पठाउन निर्देशन गरेकाले सोही अनुसार तयारी गरेको र भाद्र ११ गतेबाट लाईन काट्ने अभियान संचालन हुने भएकाले सो अगाडीनै बाँकी बक्यौता महशुल भुक्तानी गर्न पनि प्रमुख न्यौपानेले आग्रह गरे ।

पालुङ वितरण केन्द्रको २०८१ असार मसान्त सम्म २ करोड ५२ लाख ४८ हजार रुपैयाँ बाँकी वकयौता रहेको वितरण केन्द्रले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी