धादिङको बेनीघाट रोराङ गाउँपालिका संस्थागत स्वमूल्यांकनमा देशकै उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वमूल्यांकन प्रतिवेदन अनुसार बेनीघाट रोराङ ८५।२५ अंक ल्याउँदै गाउँपालिका तर्फ देशभरमा प्रथम भएको हो ।
विभिन्न १०० वटा सुचकहरुमा भएको मुल्याङ्कनको आधारमा आर्थिक वर्ष २०७९र०८० मा गाउँपालिका मध्ये धादिङको बेनीघाट रोराङ गाउँपालिका प्रथम हुन सफल भएको हो । ६ भाद्रमा उत्कृष्ट भएको बेनीघाट रोराङ गाउँपालिकालाई मन्त्रालयले सम्मान गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तिन वटा आयामहरुलाई आधार मानेर मुल्याङकन गरिएको थियो ।

त्यसै गरी नीलकण्ठ नगरपालिका संस्थागत स्वमुल्यांकनमा देशकै उत्कृष्ट हुन सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वमूल्यांकन प्रतिवेदन अनुसार नीकलण्ठ नगरपालिका ९२।५० अङक ल्याएर उत्कृष्ट भएको हो ।
सम्मान कार्यक्रममा धादिङबाट नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुबेदी, बेनीघाट रोराङका अध्यक्ष कृष्ण बहादुर थपलिया ९विवेक० प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे लगायत सहभागी थिए।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्