नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १८ औं साधारणसभा तथा १२ औं अधिवेशनको अवसरमा मकवानपुरमा दुईजना पत्रकारलाई सम्मान गरेको छ । १९ वैशाखमा भएको साधारणसभामा अग्रज पत्रकारको रुपमा नवराज शर्मा र क्रियाशील पत्रकारको रुपमा सरिता दाहाललाई सम्मान गरेको हो ।
दुवैजनालाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । मेयर लामाले मकवानपुरका सञ्चार क्षेत्र र सञ्चारकर्मीको हकहितका लागि सहयोग गर्न उपमहानगरपालिका सदैव तयार रहेको बताइन् । ज्येष्ठ पत्रकार पेन्सन कोष, उपचार कोष लगायतका क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि सहयोग एवम् सहकार्यका लागि तयार रहेको बताएकी हुन् । कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सचिव सृजना अर्यालले पत्रकार महासंघले शुद्धिकरण अभियान सञ्चालन गरिरहेकोले यसमा सबैको साथ जरुरी रहेको धारणा राखिन् ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, मकवानपुरका पूर्व अध्यक्ष नवराज शर्मा, निवर्तमान अध्यक्ष हरि हुमागाईं, प्रेस युनियनका अध्यक्ष सुवास विडारी, प्रेस चौतारीका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस सेन्टरका अध्यक्ष अञ्जली अधिकारी, समाजवादी प्रेस संगठनका अध्यक्ष शिव चौलागाईं, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले सचिव शुभलक्ष्मी विश्वकर्माको प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्