थाहा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा सामुदायिक आँखा केन्द्र पालुङलाई वाटर डिस्पेन्सर सहयोग गरेका छन् । कार्कीले १६ वैशाखमा आँखा केन्द्रमै पुगेर सामाग्री हस्तान्तरण गरेका हुन् ।

वडा सदस्य कार्कीले अस्पतालमा आउने सेवाग्राहीहरुका लागि स्वच्छ खानेपानी पिउन सहज होस भने सहयोग गरेका बताए । सामाग्री वितरण कार्यक्रममा थाहानगरको ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीको समेत उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी