पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न भएको छ ।

ट्रस्टिजका अध्यक्ष खड्ग गोपालीको अध्यक्षता तथा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले वार्षिक प्रतिवेदनहरु पारित गरेको छ ।

सभाले अर्को कार्यकालका लागि पुनः गोपालीको अध्यक्षतामा पालुङ जेसीज बोर्ड अफ ट्रस्टिज चयन गरेको छ । ट्रस्टिजको पदेन सचिब निरज रायमाझी रहेका छन् भने कोषाध्यक्षमा पुनः वर्ष २०१४ का अध्यक्ष प्रदिप प्रधान चयन चएका छन् ।

पालिका प्रेस
थप जानकारी