सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा सहसचिव गोविन्द बहादुर कार्कीलाई कायम मुकायम मुकररका रूपमा काममा खटाएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्