हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले स्वास्थ्य केन्द्रमा आउने नागरिकलाई मुस्कानसहितको सेवा दिन निर्देशन दिएकी छन् । उपमहानगरमा रहेको स्वास्थ्य सस्थाहरुको आर्थिक बर्ष २०७९÷८० को बार्षि समिक्षा गोष्ठीलाई संबोधन गर्दै नगर प्रमुख लामाले सेवा लिन आएका जनतालाई निराश बनाउने वातावरण नबनाउन सुझाब दिइन् । सेवा क्षेत्रमा रहँदा जनप्रतिनिधिको नाम राख्ने गरी काम गर्ने तर्फ ध्यान दिन आग्रह गर्दै स्वास्थ्य क्षेत्रमा रहेको समस्याकोलाई पालिकले समाधान गर्ने बताइन् । उनले अहिले महामारीको रुपमा रहेको डेंगु र आँखा पाक्ने रोगको उपचारको लागि सक्रिय भएर लाग्ने, आवश्यक औषधीको व्यवस्थापन मिलाउन निर्देशन दिइन् ।
कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँले बार्षिक कार्यक्रमबाट भएको उपलव्धी के हो भन्ने देखाउन आवश्यक रहेको बताए । उनले जागिरको लागि मात्र काममा होइन प्रतिफल देखिने गरी काम गर्नुपर्ने बताए । हामी जनताका लागि काममा छौं, कर्मचारीले त्यस तर्फ ध्यान दिन जरुरी रहेको उनको भनाई थियो । १२ र १३ भाद्र २ दिन सम्म चलेको बार्षिक समिक्षामा २३ वटा स्वास्थ्य सस्थाका प्रमुखहरुले गरेको कामको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनिहरुले खोप, बिरामि जाँच, क्षयरोग, बृद्धि अनुगमन, पोषण लगाएका स्वास्थ्य सुचकको बारेमो प्रस्तुतिकरण गरेको उपमहानगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब केशब तिमल्सिनाले जानकारी दिए ।
समिक्षामा हेटौंडा उपमहानगरपालिकको जनस्वास्थ्य शाखाको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले नगरमा भएका कामको बारेमा प्रस्तुतीकरण गर्दै खोप, क्षयरोग उपचारमा राम्रो प्रगति रहेको बताए । कार्यक्रमा स्वास्थ्य सस्थाहरुमा भवन, कर्मचारी अभाब, कार्यालय व्यवस्थापन सामग्री आवश्यक रहेको प्रमुखहरुले बताएका थिए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्