मकवानपुर जिल्लामै पहिलो पटक पर्यटकीय नगरी ‘थाहा’मा फिल्म फेस्टिबल हुने भएको छ । ‘पर्यटनका लागि फिल्म फेस्टिबल’ भन्ने नाराकासाथ ९ देखि १५ मंसिरसम्म फिल्म फेस्टिबल हुने भएको हो । फेस्टिबलको विषयमा ९ भाद्रमा हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

पत्रकार सम्मेलन
थाहा कला केन्द्रले आयोजना गर्ने फिल्म फेस्टिबलमा बागमती प्रदेशको सस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको प्रत्यक्ष सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायत छायांकनस्थल विकास तथा प्रचार गर्ने, नगरपालिकाका मुख्य पर्यटकीय क्षेत्र पहिचान गरी फेस्टिबलमा आउने चलचित्रकर्मीबीच प्रचार गर्ने र चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो क्षेत्रका अनुभवी कलाकारलाई थाहानगर बारे जानकारी गराउने उद्देश्यले फिल्म फेस्टिबल आयोजन ागर्न लागिएको आयोजक कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले जानकारी दिए ।

पत्रकार सम्मेलनमा थाहा-३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी
फिल्म फेस्टिबकै अवसरमा पर्यटन प्रवद्र्धन हुने खालका तस्वीर कार्यक्रम स्थलमा राखेर अवलोकनमा आकिर्षत गराउने, चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायत निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई पालिकासंग पारस्परिक गराउन प्रयास गर्ने र चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो निर्माता, निर्देशक तथा निर्माण समूहसग विशेष अन्तत्र्रिmया गर्ने अध्यक्ष मोक्तानले बताए । फेस्टिबलले थाहा नगरपालिकाको पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्नेमा कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले पत्रकार सम्मेलनमा जानकारी गराए । कलाकेन्द्रका अध्यक्ष मोक्तानले भने–‘फिल्म फेस्टिबलमा विभिन्न समूहको सहभागिताबाट आएका सामग्रीबाट पनि छानिएका डकुमेन्ट्री, फिचरफिल्म र सर्ट फिल्म प्रदर्शन हुने भएकाले छुट्टै पहिचान ल्याउन सक्नेमा हामी विश्वस्त छौं ।’

पत्रकार सम्मेलनका सहभागीहरु
फिल्म फिेस्टिबलको २७ लाख बढी लागत अनुमान गरिएको कार्यक्रम उपसंयोजक राजिव स्याङतानले जानकारी दिए । पत्रकार सम्मेलनमा थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतम, थाहा नगरपालिकाका कुमार नेगीलगायतको उपस्थित रहेको थियो । थाहानगर पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्