Exif_JPEG_420

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दुईदिने पालिकास्तरीय वार्षिक समिक्षा कार्यक्रम ६ भाद्रमा सम्पनन भएको छ । कार्यक्रममा पोषणको सम्बन्धमा छलफल गरिएको हो ।

स्वास्थ्य शाखाबाट आर्थिक बर्ष २०७९÷०८० संचालन भएको पोष सम्बन्धी कार्यक्रमको विषयमा छलफल भएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । कुपोषणको वर्गीकरण, बालबालिकामा पोषणको अवस्था, कुपोषणका कारण नेपालमा बाल मृत्युदर, पोषणको अवस्था सुधार गर्न थाहानगरमा भएका पहलहरु, पोषण बारे दीर्घकालिन सोच, लक्ष्य र उद्देश्यहरु, नगरस्तरीय पोषण समीतीको काम, कर्तब्य र अधिकार लगाएतका बारेमा कार्यक्रममा छलफल भएको थियो ।

सुआहाराले प्रवद्र्धन गरेका दश मुख्य ब्यवहारहरु, सुआहारा कार्यक्रमका आगामी योजनाहरु, पोषण सम्बन्धि सूचकहरुको अभिलेख एंव प्रतीवेदनको गुणस्तरको सुधार तथा चुनौतीहरु लगाएतका कार्यक्रममा जानकारी गराइएको बलामीले बताए । समिक्षा कार्यक्रममा थाहा नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको प्रमुख तथा प्रतिनीधिहरुको उपस्तिथि रहेको थियो।

पालिका प्रेस
थप जानकारी