मकवानपुर थाहा नगरपालिकामा एच.आइ.भि.सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम भएको छ । २६ असारमा थाहा नगरपालिका कार्यालयमा पालिकाका जनप्रतिनीधिहरुको उपस्थितीमा कार्यक्रम भएको हो । कार्यक्रममा थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, सेभ द चिल्ड्रेन बागमती प्रदेशका वरिष्ठ कार्यक्रम संयोजक राजेश साह, स्वास्थ्य कार्यालय हेटौंडाका जनस्वास्थ्य निरीक्षक ठाकुर पौडेलले सहजीकरण गरेका थिए ।
स्वास्थ्य निर्देशनालय हेटौंडाले थाहा नगरपालिकामा आयोजना गरेको एच.आइ.भि.संग सम्बन्धित लाल्छना र भेदभाव सम्बन्धि जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रममा एचआइभीको बारेमा प्रयाप्त जनचेतना नहुँदा संक्रमितहरु खुलेर उपचारमा आउन नसकेको केन्द्रका क्षयरोग तथा एच आइ भि फोकल पर्सन जितेन्द्र कुमार कर्णले जानकारी दिए । नेपालमा एचआएभी संक्रमितको उपचार र औषधिमा निकै प्रगति भएको भए पनि अझै ठूलो संख्यामा संक्रमित खुलेर नहाउँदा थप समस्या भएको कर्णको भनाइ रहेको थियो ।
मकवानपुर पोजेटिभ समूह हेटौंडाकी कोषाध्यक्ष सावित्री लामिछानेले उपचारमा आएका संक्रमितहरुलाई निरन्तरता दिएर राख्न सकिएको भए पनि समाजको स्टिग्माको कारण केही संक्रमित उपचारमा नआउँदा त्यसले एड्स नियन्त्रण गर्ने लक्ष्यमा पुग्न चुनौती रहेको बताउदै समाजमा ब्याप्त जनचेतनाको कमिले एचआइभी संक्रमितलाई खुल्न गारो हुँदा उपचारमा समस्या रहेको बताइन् । उनले थपिन–‘अझ पुरुषलाई भन्दा महिलालाई खुल्न झन गाह्रो छ ।’
नेपाल सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । त्यसका लागि तीनवटा क्षेत्रमा ९५ प्रतिशत परिणाम ल्याउनुपर्ने छ । पहिलो ९५ प्रतिशत एचआइभी संक्रमितले आफनो संक्रमण अवस्थाबारे थाहा पाउनुपर्ने दोस्रोमा ९५ प्रतिशतमा उपचारको पहुँच हुनुपर्ने र तेस्रोमा औषधि खानेमा ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुनुपर्नेछ । नेपालमा पहिलो पटक एचआइभी संक्रमित पत्ता लागेकै ३६ वर्ष पुगिसकेको छ ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्